
कतारले कम्तीमा १५ वर्षसम्म वर्षको २० लाख टन प्राकृतिक ग्यास पठाउने विषयमा सहमति जनाएको त्यहाँका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले बताएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि जर्मनीले रुसबाट ग्यास लिन छोडेको थियो । रुसी ग्यासको विकल्पका लागि जर्मनीले विभिन्न विकल्पहरूमा विचार गरिरहेको छ ।
युरोपको सबभन्दा ठूलो अर्थतन्त्र भएकाले जर्मनीलाई उद्योगधन्धा चलाउनका लागि ग्यास आवश्यक पर्छ ।