
संसारमा धेरै नदी, ताल, सागर र झरनाहरू छन् र तिनको आआफ्नै विशेषता छ । यहाँ हामी दक्षिण अमेरिकाको अमेजन बेसिनमा रहेको एक प्रसिद्ध नदीका बारेमा चर्चा गर्दैछौं ।
यो नदीको पानी प्रत्येक मौसममा तातो रहन्छ । प्राकृतिक रूपमा नै उम्लेको पानी हेर्न यहाँ धेरै पर्यटकहरू आउँछन् ।
यहाँको पानी अत्यधिक तातो हुनाले हातै डढ्ने सम्भावना पनि रहन्छ ।
नदी आन्द्रेस रुजो नामक व्यक्तिले पत्ता लगाएका हुन् ।
यसको लम्बाइ ६.४ किमि, चौडाइ ८२ फीट र गहिराइ २० फीट छ । झुक्किएर हातले छोइयो भने पनि अनर्थ हुन्छ ।
बोइलिङ रिभरको वरिपरि बाफ मात्र देखिन्छ । यस्तो तातो पानीको भित्री लेयरमा ज्वालामुखी छ कि भन्ने अनुमान गरिएको छ । जे होस्, यस्तो अनौठो नदी हेर्नका लागि भीड जम्मा भइरहन्छ ।