३० असार २०८३, मंगलबार

आर्यन र उपासना स्टारर ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक

मंसिर १४, २०७९
आर्यन र उपासना स्टारर ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक

आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । 

राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ‘फकाउनै जानिनँ’ गीतमा मेलिना राई र निशान भट्टराईको स्वर छ । दीपक शर्माको श्बद एवं संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।

भिडियोमा चलचित्रका मुख्य अभिनेता एवं अभिनेत्री आर्यन र उपासनालाई फिचर्ड गरिएको छ । भक्तपुर दरबार क्षेत्रसहितका आकर्षक सांस्कृतिक सम्पदा स्थलमा छायाँकन गरिएको भिडियो रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको हो ।

प्रविण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’ आगामी पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा छ । यो चलचित्र आर्यन र उपासनाको पहिलो सहकार्य हो । रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको चलचित्रमा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराईलगायतको पनि अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्