
दक्षिण कोरियाको हवाईक्षेत्रमा चीन र रुसका युद्धविमानहरू प्रवेश गरेपछि त्यहाँको सेनाले लडाकू विमान पठाएर तिनलाई लखेटेको छ ।
चीनका दुई र रुसका ६ वटा युद्धविमान दक्षिणको हवाईक्षेत्रमा पसेका थिए । दक्षिणको सेनाले बुधवार यसको जानकारी दिएको हो ।
दक्षिण कोरियाको समाचार संस्था योन्हापले जोइन्ट चीफ्स अफ स्टाफलाई उद्धृत गर्दै बुधवार बिहान ५ बजेर ५० मिनेट जाँदा कुनै पनि सूचना नदिइकन चीन र रुसका विमान पसेको खबर दियो ।
ती विमानहरू दक्षिण र उत्तरपूर्वी तटबाट दक्षिणको हवाई रक्षा क्षेत्रमा प्रवेश गरेका थिए । टीयू–९५ बमवर्षक विमान र एसयू–३५ लडाकू विमान पनि पसेको दक्षिण कोरियाको भनाइ छ ।