०२ साउन २०८३, शनिबार

दिनदिनै पिउनुस् लौकाको जुस, यस्ता छन् फाइदा

मंसिर १४, २०७९
दिनदिनै पिउनुस् लौकाको जुस, यस्ता छन् फाइदा

हरियो सागपात स्वास्थ्यको खानी नै हो । 

सागपातमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व तथा भिटामिन उपलब्ध हुन्छन् । 

लौका पनि पनि यस्तै किसिमको पोषक तरकारी हो । सजिलैसँग पच्ने लौकाले शरीरलाई ठण्डा राख्न सहायता गर्छ अनि रक्तचाप पनि नियन्त्रण गर्छ । 

त्यसबाहेक लौकाका अन्य फाइदा पनि छन् :

कपाल र छाला 

लौकाले सौन्दर्य बढाउने काम पनि गर्छ । नियमित लौका खाँदा कपाल फुल्न पाउँदैन अनि अनुहारमा चाउरी पर्न पाउँदैन । लौकाको रस तालुमा दल्दा चिन्डे हुने समस्याबाट मुक्ति पाइन्छ ।

शरीरको फोहर 

लौका प्राकृतिक सफाइकर्ता हो । यसले शरीरमा भएका विषाक्ततालाई हटाइदिन्छ । भित्री अंगहरूले सही काम गरेका छैनन् भने लौकाले निको बनाइदिन्छ । 

सासको रोग

लौकाको प्रकृति चिसो किसिमको ह्न्छ । यसले अल्सर, ज्वरो र श्वासप्रश्वास सम्बन्धी विकारलाई हटाइदिन्छ । वात र पित्तलाई यसले सन्तुलन गरिदिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्