
भारतमा मातृ मृत्युदरमा सामान्य कमी आएको भारतीय अधिकारीले बताएका छन् ।
सन् २०१४–१६ मा प्रतिलाख मातृ मृत्युदर १३० रहेकोमा सन् २०१८–२० मा यो संख्या ९७ मा झरेको छ ।
‘भारतको रजिस्ट्रार जनरल (आरजीआई) ले जारी गरेको मातृ मृत्यु दरसम्बन्धी विशेष बुलेटिनअनुसार भारतको मृत्युदरमा ६ अंकको सुधार भएको छ र अहिले प्रतिलाख ९७ मा पुगेको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।
मातृ मृत्यु दरलाई प्रतिलाख जन्म संख्यामा मापन गर्ने गरिन्छ ।
नमूना दर्ता प्रणाली (एसआरएस) बाट प्राप्त तथ्यांकअनुसार सन् २०१४–२०१६ मा १३०, २०१५–१७ मा १२२, २०१६–१८ मा ११३, २०१७–१९ मा १०३ र २०१८–२० मा ९७ गर्दै मातृ मृत्यु दरमा क्रमिक रूपमा कमी आएको मन्त्रालयले जनाएको छ ।