०५ साउन २०८३, मंगलबार

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो

मंसिर १४, २०७९
पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो

पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा डेढ प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पूर्वी नवलपरासीले जनाएको छ । 

पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको एवं समयमै रोपाइँ भएकाले उत्पादन बढेको कार्यालयका सूचना अधिकृत एवं बागवानी अधिकृत शङ्कर पौडेलले बताए । गत वर्ष १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा खेती हुँदा ७५ हजार आठ सय २७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा ७६ हजार नौ सय ५६ मेट्रिकटन धान उत्पादन गरिएको अधिकृत पौडेलले बताए । 

यस वर्ष नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोग किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल भएकाले धानको उत्पादन बढेको हो ।

salt training

कमेन्ट गर्नुहोस्