२६ असार २०८३, शुक्रबार
कांग्रेस उम्मेदवार विजयी

सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी

मंसिर १५, २०७९
सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरीको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन् । उनी ११२ मतको अन्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । 

मन्त्री कार्की २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी–४ बाटै विजय भएका थिए । अन्तिम मतपरिणाम घोषणा गर्ने तयारी थालिएको आयोगले जनाएको छ ।

सत्तारूढ गठबन्धनका कार्की र एमालेका जगदीशप्रसाद कुसियैतको मुख्य प्रतिस्पर्धा रहेको क्षेत्रमा मतपरिणाम ११ दिनमा आएको हो ।

मतगणनामा पटक-पटक विवाद उत्पन्न हुँदा अन्तिम परिणाम आउन ढिलो भएको  थियो । 

salt training

कमेन्ट गर्नुहोस्