
काठमाडौं, २८ साउन– कोशीमा पानीको वहाव उच्च भएपछि सरकारले कोशी व्यारेजको ५६ वटै ढोका खोल्ने तयारी गरेको छ ।
परराष्ट्र मन्त्री कृष्णबहादुर महराले कोशी व्यारेजको सवै ढोका खोल्ने विषयमा भारतीय पक्षसँग कुराकानी गरेका छन् ।
कोशी व्यारेजको सवै ढोका खोलेपछि भारतको विहार राज्यका अधिकांश स्थान डुवानमा पर्ने भएकाले भारतले आवश्यक सतर्कता अपनाएर ढोका खोल्ने आस्वासन दिएको छ ।
अविरलको वर्षसँगै कोशी नदीमा पानीको वहाव उच्च हुँदा नेपाल तर्फ ठूलो जनधनको क्षति भएको छ ।
कोशी व्यारेजको ढोका खोल्न भारतसँग सहमति गर्नुपर्ने व्यवस्था छ ।