×

NMB BANK
NIC ASIA

भावी सरकारको प्रश्न

कांग्रेस उपसभापति खड्कालाई प्रश्न– अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड ? [कुराकानी]

मंसिर १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का काठमाडौं फर्कनेक्रममा सुर्खेतबाट सिधै बालुवाटार गए ।

Muktinath Bank

र, सभापति शेरबहादुर देउवासँग बधाई साटासाट गरे । बुधवार बालुवाटारमा उनले देउवालाई खादा लगाएर पुष्पगुच्छा दिए । देउवाले पनि खड्कालाई चुनाव जितेकोमा बधाई दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसलगत्तै, बिहीवार खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएर चुनावी समीक्षा र आगामी राजनीतिक कोर्षका बारेमा समीक्षात्मक संवाद गरे । 


Advertisment
Nabil box
Kumari

मंसिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । आगामी सरकार कस्तो र कसको नेतृत्वमा बन्ला भन्ने चौतर्फी चासो छ ।

Vianet communication
Laxmi Bank

यसै सन्दर्भमा कांग्रेसका उपसभापति खड्कासँग लोकान्तरका उद्धव थापाले गरेको टेलिफोनमा संवाद गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप :

तपाईंले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्नुभएको रहेछ, के विषयमा कुराकानी भयो ?

–​ चुनाव जित्नु भएकोमा बधाई दिन गएको थिएँ । बधाई साटासाट भयो । निर्वाचन र आइरहेको परिणामको बारेमा सामान्य समीक्षा भयो ।

सरकार गठनको विषयमा पनि केही कुरा भयो ?

–​ सरकार गठनमा कुनै समस्या नै छैन । गठबन्धनको सरकार बन्ने कुरामा कुनै द्विविधा छैन । जे उद्देश्यका लागि गठबन्धन बनेको हो, त्यही आधारमा सरकार पनि बन्छ ।

सरकारको नेतृत्व कांग्रेसले गर्छ कि माओवादी केन्द्रले ?

–​ त्यसमा अहिले प्रवेश गरेर अर्थ नै छैन । आज मैले जुन रूपमा भेटेर आएको छु, सरकारको नेतृत्वमा समस्या आउँदैन । सहमति हुन्छ । विवाद हुँदैन ।

गठबन्धनका दलहरू एकजुट भएर अगाडि बढ्छन् । अरू क–कसलाई जोड्नुपर्ने हो, सँगै लिएर जानुपर्ने हो त्यो कुरामा छलफल चल्छ । सरकार बनाउने कुरामा, नेतृत्वको विषयमा कहीँ कुनै समस्या आउँदैन । वर्तमान गठबन्धनकै सरकार बन्ने हो । अहिले निर्वाचनको परिणाम आइसकेको छैन । परिणाम आएपछि गठबन्धनमा छलफल गरेर सबै कुरा सहमतिमै टुङ्गिन्छ ।

गठबन्धनकै सरकार बन्ने भएपछि अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि प्रचण्ड ?

–​ त्यसतर्फ अहिले प्रवेश नै नगर्नुहोस् । नेपाली कांग्रेसको संसदीय दलको नेता सर्वसम्मत बनाउनुपर्छ । अहिलेको राजनीतिक वातावरणको जिम्मेवारी बोध गर्नका लागि पनि त्यसो हुनुपर्छ । जनताले हामीलाई संसदको पहिलो पार्टी बनाएको र उनीहरूप्रतिको भरोसा बढाउनका लागि पनि संसदीय दलको नेता सर्वसम्मत बनाउनुपर्छ ।

मेरो सम्पूर्ण प्रयत्न त्यसतर्फ हुन्छ । कसैप्रति आग्रह, पूर्वाग्रह नराखी जिम्मेवारी दिएर व्यवस्थापन गर्नुपर्छ । पार्टीमा एकताको ठूलो सन्देश दिनुपर्छ । र, सत्ता गठबन्धन मिलेरै सरकार बनाउँछौं । जोड्नुपर्ने अरूलाई पनि जोड्छौं । सरकार निर्माणको प्रक्रियामा कहीँ कतै पनि समस्या आउँदैन । सहजै सबै कुरा टुंगो लाग्छ । 

तपाईंले अब मन्त्रीमा दोहोरिन्न भन्ने गर्नुभएको छ । अब कुन पदका लागि सोच्नुभएको हो ?

–​ सहमहामन्त्री पदबाट राजीनामा दिएपछि अर्घाखाँचीमा गएर पार्टीको भेलामा अब जीवनमै म मन्त्री बन्दिनँ, मन्त्री बनाउने अभियानमा लाग्छु भनेर घोषणा गरेको हो । मन्त्रीभन्दा माथि जनताको आशीर्वाद, नेतृत्वको विश्वास, भगवानको आशीर्वादको कुरा हो । 

चुनाव जितेर आउनुभएको छ । तपाईं पनि प्रधानमन्त्रीको दाबेदार हो ? 

–​ त्यतापट्टि कुरा गर्दै नगर्नुहोस् । यो प्रश्न सोध्दै नसोध्नुहोस् । प्रधानमन्त्रीभन्दा पहिला संसदीय दलको नेताको कुरा हो नि त ! 

प्रधानमन्त्री बन्नकै लागि त संसदीय दलको नेता बन्ने होइन र ?

– संसदीय दलको नेता बनाउने कुरा स्पष्टै छ नि ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनले चुनाव लड्यो । पार्टीले चुनाव लड्यो । उहाँकै नेतृत्वमा स्थानीय तहमा कांग्रेस पहिलो पार्टी बन्यो । अहिले प्रदेश र प्रतिनिधिसभा पनि उहाँकै नेतृत्वमा कांग्रेस पहिलो दल बन्यो । यसरी चुनावको नेतृत्व गरेको सभापतिको इच्छा रहेसम्म, रूचि राखेसम्म मैले दायाँबायाँ सोच्ने त प्रश्नै आउँदैन नि !

सबैलाई मिलाएर, सबैको भूमिका सुनिश्चित गरेर उहाँ (देउवा)लाई संसदीय दलको सर्वसम्मत नेता बनाउनुपर्छ । कांग्रेसको दलको नेताका लागि आकांक्षा राख्ने कुरा स्वाभाविक हो । साथीहरूले आकांक्षा राख्नुभएको छ, म त्यसलाई नराम्रो ठान्दिनँ । किन आकांक्षा राखे भनेर प्रश्न गर्न हुँदैन । हाम्रो प्रयत्न कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत बनाउने हुनुपर्छ । 

सबै उमेर समूहका साथीहरूलाई जिम्मेवारीमा लैजाने र व्यवस्थापन गर्ने हुनुपर्छ । जसको नेतृत्वमा २ वटा चुनाव भए उहाँले इच्छा राखेपछि उहाँलाई हामीले सर्वसम्मत बनाउनुपर्छ । सबैको भूमिका सुनिश्चित पनि हुनुपर्छ ।

चुनाव जितेर आएपछि धेरैजसोको रूचि राजकीय जिम्मेवारीमा हुने गर्छ । तपाईंको रोजाई पार्टी हो कि सत्ता ?

– मेरो प्राथमिकता देशको उन्नति प्रगति, नेपाली जनताको आर्थिक प्रगति र पार्टीको भविष्यलाई परिवर्तित समय अनुकूल बनाउनेमा हुन्छ । त्यसअनुसारको पार्टी पुनर्निर्माणमा ध्यान रहन्छ । मुख्य तीनवटा कुरा, देश, जनता र पार्टीप्रतिको समर्पण भावबाट काम गर्दै जाने हो । पदको खोजी गर्ने होइन, आवश्यकता र समयअनुसार पद आफैँ पछि लागेर आउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x