भारतको राजस्थानस्थित उदयपुरमा हतियारले भरिएको सैनिक ट्रकमा भयानक आगलागी भएको छ ।
आगो लाग्नेबित्तिकै खतरनाक विस्फोट हुन थाल्यो । ट्रकमा उपस्थित सेनाका जवानहरू ज्यान बचाउन ट्रकबाट हामफालेका थिए ।
केहीबेरमा पूरै ट्रक आगोको गोला बन्यो र पूरै क्षेत्र विस्फोटको आवाजले गुञ्जन थाल्यो।
घटना भारतको उदयपुर जिल्लाको बकरिया थाना क्षेत्रअन्तर्गत गोगुंडा-पिंडवारा राजमार्गमा घटेको हो ।
शुक्रबार साँझ जोधपुरबाट एक दर्जन सैनिक ट्रक उदयपुरतर्फ प्रस्थान गरेका थिए ।
बेकरिया थाना इलाकाको सेम्ला थाला गाउँमा पुग्दा एक ट्रक एक्कासि तातेको अनुभव चालकले गरे ।
यो देखेर ट्रक चिसो नभएसम्म सेनाका सबै सवारी साधन रोकिएका थिए ।
त्यसपछि ट्रकहरू त्यहाँबाट अगाडि बढेका थिए ।
केही अगाडि पुगेपछि विद्युत सर्ट भएर आगो लागेको बताइएको छ।
घटना हुँदा ६ जना सैनिक उक्त ट्रकमा सवार थिए ।
यस घटनामा कुनै हताहतीको खबर आएको छैन। सेनाले घटनाबारे उच्च अधिकारीलाई जानकारी गराएको छ ।
हेर्नुहोस्, भिडियो :