नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम राखिएको आशंका गरिएको छ ।
बाँस्कोटाका सहयोगी नवराज ढकालले भक्तपुरको लोकन्थलीस्थित निवासमा प्रेसर कुकर जस्तो शंकास्पद वस्तु देखिएको जानकारी दिए । ‘प्रहरी आएर चेकजाँच गरिरहेको छ,’ उनले भने ।
बाँस्कोटा निवासमा शंकास्पद पोको देखिएकाले चेकजाँच भइरहेको भक्तपुर प्रहरीका डीएसपी राजु पाण्डेले बताए ।
पूर्वमन्त्री बाँस्कोटा भने गृहजिल्ला काभ्रेमा रहेका छन् । बाँस्कोटा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित भएका थिए ।