रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकी प्रेमिका भनिएकी महिला शनिवार टीभीमा देखिएको द डेली मेल पत्रिकाले खबर दिएको छ ।
दुर्लभै मात्र सार्वजनिक स्थानमा देखिने गरेकी अलिना काबाएभालाई जिम्नास्टिक्स प्रशिक्षण केन्द्रको उद्घाटन समारोहमा देखिएको हो ।
काबाएभाले रुसका लागि ओलम्पिकमा स्वर्ण पदक जितिसकेकी छन् ।
सोचीमा नयाँ प्रशिक्षण केन्द्रको उद्घाटन समारोहमा बोल्ने क्रममा काबाएभाले पुटिनको प्रसंग निकालिनन् । पुटिन मस्कोस्थित आफ्नो निवासको भर्याङमा चिप्लिएर लडेको हल्ला चलिरहेको छ ।
काबाएभाले युक्रेन युद्धको सन्दर्भ पनि कोट्याइनन् ।
रुसको सरकारी सञ्चारमाध्यममा पुटिनसँग काबाएभाको सम्बन्धका विषयमा चर्चा गर्न निषेध छ ।