०७ साउन २०८३, बिहीबार

हतारमा राजधानी दाङ सार्न लागिएकोमा एमालेको आपत्ति, नयाँ संसद्को अधिकार नमिच्न चुनौती

मंसिर १८, २०७९
हतारमा राजधानी दाङ सार्न लागिएकोमा एमालेको आपत्ति, नयाँ संसद्को अधिकार नमिच्न चुनौती

नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल नसार्न आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो । प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो । 

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्ने हतार नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा बुटवलमा राजधानीका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू रहेको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा वर्तमान काम चलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामा समेत राजधानी सार्ने हतार गरिरहेको उल्लेख छ । नयाँ प्रदेश सभा निर्वाचित भइसकेको अवस्थामा नयाँ प्रदेश सरकारले यो काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ । 

यसअघि कर्मचारीहरूले समेत राजधानी सार्ने हतार नगर्न सरकारलाई आग्रह गरेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्