०३ साउन २०८३, आइतबार

बुटवलबाट राजधानी सार्न लागिएकोमा प्रदेश सभा सदस्यहरूको आपत्ति

मंसिर १८, २०७९
बुटवलबाट राजधानी सार्न लागिएकोमा प्रदेश सभा सदस्यहरूको आपत्ति

नेकपा एमालेबाट निर्वाचित लुम्बिनीका चार प्रदेश सभा सदस्यहरूले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् । आइतवार विज्ञप्ति जारी गर्दै नव निर्वाचित प्रदेश सभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् । 

नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले राजधानी दाङ, अर्घाखाँचीको राप्ती र शितगंगा नगरपालिकामा स्थापित गर्ने निर्णय गरेको थियो ।

त्यहाँ व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी भौतिक पूर्वाधार बनाएर राजधानी स्थापित गर्ने निर्णय भए पनि अहिले कुनै संरचना नबनाई सार्न लागिएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा राजधानी सार्ने कुरा केही दिनमै गठन हुने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारीमाथि हस्तक्षेप भएको ठहर गर्दै त्यस्तो नगर्न आग्रह गरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्