०४ असार २०८३, बिहीबार

चीनमाथि निगरानी गर्नका लागि भारतले उपयोग गरिरहेछ चिनियाँ क्यामरा ! (भिडियो)

मंसिर १८, २०७९
चीनमाथि निगरानी गर्नका लागि भारतले उपयोग गरिरहेछ चिनियाँ क्यामरा ! (भिडियो)

अहिले भारतको उत्तराखण्डमा भारतीय र अमेरिकी सैनिकहरूको संयुक्त अभ्यास चलिरहेको छ । 

त्यसक्रममा चिनियाँ क्यामरा सहित अर्जुन नामक बाजले आकाशमा उडिरहेको एक ड्रोनलाई खसाएको छ । पाकिस्तान र चीनमाथि निगरानी गर्नका लागि भारतले यो बाज तैनाथ गर्न खोजेको हो । 

बाजको टाउकोमा क्यामरा र शरीरमा जीपीएस लगाइएको छ । चीन सीमाको निगरानी गर्नका लागि चिनियाँ क्यमरा लगाइनु आश्चर्यजनक छ । 

भारतीय सैन्य अधिकारीहरूका अनुसार, मेरठको रिमाउन्ट भेटरनेरी कोर्प्सले बाजलाई प्रशिक्षण दिएका हुन् । यसले ड्रोन खसाउने मात्र नभई आकाश र जमीनमा दुश्मनले गर्ने हरेक गतिविधिमाथि नजर राख्छ । 

भारत मात्र नभई अमेरिका पनि आफ्ना हतियारमा चिनियाँ सामान उपयोग गरिरहेको छ । 

गत सेप्टेम्बर महिनामा अमेरिकाको रक्षा मन्त्रालयले नयाँ एफ–३५ जेट विमानको आपूर्तिमा रोक लगाएको थियो । ती लडाकू विमानको इन्जिनमा उपयोग गरिएको चुम्बक चीनबाट ल्याइएको सामग्रीबाट बनेको भन्दै रोक लगाइएको हो । त्यसबाट अमेरिकाको गोप्य सूचना चीन पुग्ने डर अमेरिकाले लिएको थियो । 

तर एक महिनाभित्रै अमेरिकाले उक्त प्रतिबन्ध हटाएको छ । यस चुम्बकमार्फत कुनै पनि सूचना नचुहिएको भन्दै उसले प्रतिबन्ध हटाएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्