×

NMB BANK
NIC ASIA

बैतडी घटना

माया लुहार हत्या प्रकरणः घटनास्थलभन्दा १ घण्टा परको दूरीमा फेला परेको मोबाइलमा के छ ?

मंसिर १८, २०७९

NTC
Premier Steels

बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहार म्यादीको जागिर सकिएको ६ दिनपछि मारिइन् । उनको कसैले हत्या गरेको घटना प्रकृतिले प्रष्ट पारेको छ । 

Muktinath Bank

प्रहरीले घटनास्थलबाट करिब १ घण्टाको पैदल दूरीमा मृतक मायाको मोबाइल फेला पारेको थियो । प्रहरीले त्यही मोबाइलमा सम्पर्क भएको आधारमा सशस्त्र प्रहरी जवान भरतराम कोलीको खोजी थालेको थियो । घटनामा उनको संलग्नता हुनसक्ने भन्दै खोजी गरिएको अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रेम शाहीका अनुसार मायाले प्रयोग गर्ने मोबाइल घटनास्थलभन्दा करिब १ घण्टाको दूरीमा फेला परेको जानकारी दिएका थिए । ‘हामीले मृतकको मोबाइल फोन घटनास्थलबाट १ घण्टाको दूरीमा फेला परेका थियौँ’, इन्स्पेक्टर शाहीले भने, ‘मोबाइल हेर्दा पटक–पटक कोलीसँग सम्पर्क भएको देखिएकाले उनलाई नियन्त्रणमा लिएका हौँ ।’


Advertisment
Nabil box
Kumari

प्रहरीले मोबाइललाई अनुसन्धानका लागि फरेन्सीक ल्याबमा पठाएको छ । ल्याबमा परीक्षणपछि थप रहस्य खुल्नेमा प्रहरी आशावादी छ । 

Vianet communication

मृतक मायाका परिवारले पनि कोलीविरुद्ध किटानी जाहेरी दिएको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रवक्ता शाहीले बताए । बैतडी प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा अभियुक्त कोलीलाई महेन्द्रनगर बसपार्कबाट पक्राउ गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कोली भागेर भारततर्फ जान लागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको हुलियाको आधारमा पक्राउ गरिएको थियो । 

बैतडीका प्रहरी प्रवक्ता शाहीका अनुसार अहिले अभियुक्त कोलीलाई कञ्चनपुरबाट बैतडी ल्याइँदैछ, उनलाई ल्याएर अनुसन्धान गरेपछि घटनाबारे थप तथ्य खुल्नेछ ।  

मायाकी भदैनी १५ वर्षीया नेहा पनि घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । गम्भीर घाइते नेहाको अहिले डडेल्धुरामा उपचार भइरहेको प्रवक्ता शाहीले बताए । 

कसरी भयो हत्या 

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुईजना साथीसँग गएको मंगलबार विहान घरबाट लुगा सिलाउन पञ्चेश्वर गाउँपालिका–३ कुलाउतर्फ गएका थिए । 

करिब डेढ घण्टाको दूरीमा रहेको लुगा सिलाउने ठाउँबाट उनीहरूसँगै गएका अन्य २ जना साथीहरू फर्किए, तर नेहा र माया भने फर्किएनन् । कुलाउमा इष्टमित्र बस्ने भएकाले उनीहरू त्यहीँ बसेको परिवारका सदस्यहरूले अनुमान गरे । तर, उनीहरू दोस्रो दिन बिहानसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी थालेको थियो । आफन्तसँग पनि खोजी गरे तर उनीहरू फेला परेनन् । 

त्यसपछि परिवारका सदस्यले गाउँलेहरूसमेतको सहयोगमा माया र नेहाको खोजी थालेको थियो । नेहालाई बुधवार दिउँसो गोठालोले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा फेला पारेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे ।

मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको प्रवक्ता प्रेम शाहीले लोकान्तरलाई बताए । शाहीका अनुसार मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए । घाइते नेहाको अहिले उपचार भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x