०५ साउन २०८३, मंगलबार

दिल्लीको स्थानीय चुनावमा कम मतदान, यस्तो छ कारण

मंसिर १९, २०७९
दिल्लीको स्थानीय चुनावमा कम मतदान, यस्तो छ कारण

भारतको नयाँदिल्लीमा आइतवार भएको स्थानीय निकाय चुनावमा कम मतदान भएको छ ।

विगतको तुलनामा यसपालि कम मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीका २५० वडामा भएको मतदानमा ५०.४७ प्रतिशत मात्रै मत खसेको छ, जुन सन् २०१७ को चुनावभन्दा ३ प्रतिशत कम हो ।

दिल्लीको स्थानीय निकायमा १५ वर्षदेखि भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व रहँदै आएको छ । दिल्ली प्रदेश सरकार चलाइरहेको आम आदमी पार्टी (आप) यसपालि स्थानीय निकायमा वर्चस्व कायम गर्न चुनावी प्रचारप्रसारलाई तीव्र पारेको थियो । चुनावको नतिजा ७ डिसेम्बरमा आउनेछ ।

कम मत खस्दा भाजपा वा आप कुन पार्टीलाई बढी घाटा हुने भन्ने स्पष्ट भइसकेको छैन । कम मतदान हुनुको कारण कार्यकर्ताको असन्तुष्टि रहेको बताइएको छ । टिकट वितरणप्रति असन्तुष्ट रहेका भाजपा र आपका कार्यकर्ताले मतदाता परिचालनमा पर्याप्त सक्रियता नजनाउँदा कम मत खसेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्