
रौतहट, २९ साउन– सुत्केरी बोकेको गाडी बाढीले बगाउँदा रौतहटमा ६ जनाको ज्यान गएको छ ।
रौतहटको लौकाह गाउँबाट गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजादै गर्दा गाडी बाढीले कटान गरेको खाल्डोमा फसेको रौटहट प्रहरीले जनाएको छ ।
लौकाहबाट प्राथमिक स्वास्थ्य केन्द्र राजपुर परदहवा लैजाने क्रममा लालबकैया नदीको बाढीले कटान गरेको सडकबाट गाडी खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवारीका चालक र अर्का एक जना भने बाच्न सफल भएका छन् ।
गाडिमा सवार गर्भवतीसहित चार महिला र दुई पुरुषको मृत्यु भएको छ । केही दिनदेखि अविरल परेको वर्षका कारण रौतहटका अधिकां नदीमा बाढी आएको छ भने रौतहट जलमग्न भएको छ ।
गौरको मुख्य सडकमा ५ फिट पानी जमेको छ ।