२८ जेठ २०८३, बिहीबार

गर्भावस्थाको फोटो खिच्नुलाई ‘धर्म विरोधी’ भनेर कमेन्ट आएपछि कलाकारको यस्तो जवाफ

मंसिर १९, २०७९
गर्भावस्थाको फोटो खिच्नुलाई ‘धर्म विरोधी’ भनेर कमेन्ट आएपछि कलाकारको यस्तो जवाफ

गर्भावस्थाको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दै गएको छ । पाकिस्तानकी चर्चित कलाकार अरमीना राणा खानले गर्भावस्थाको फोटो पतिसँग खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेपछि उनलाई ‘धर्म विरोधी’ भनेर कमेन्ट आएका छन् ।

हलिउडको नक्कल गरेको भन्दै कतिपयले सामाजिक सञ्जालमा उनको विरोध गरेका छन् । तर कलाकार खानले भने यस्तो कमेन्ट गर्नेलाई उल्टै जवाफ फर्काएकी छन् ।

उनले भनेकी छन्, ‘जति मान्छे मेरो फोटो देखेर चिढिएका छन्, म साँच्चै भन्दैछु – म धेरै जोरसँग हाँसेकी छु । विचराहरू !’

उनले अब आफ्नो सुत्केरी अवस्थाबारे पनि जानकारी दिने बताएकी छन् । उनले भनिन्, ‘केही व्यक्ति विना कारण यसलाई मुद्दा बनाउँदैछन् तर यसको धर्मसँग कुनै लिनुदिनु छैन ।’

salt training

कमेन्ट गर्नुहोस्