माघ १२, २०७९
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । तीन पालिकामा पाँच जनामा दादुरा सङ्क्रमण भेटिएको हो। अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्...
चितवनको रत्ननगर नगरपालिकाले विपन्न नागरिकका लागि उपचार कोष स्थापना गरेको छ ।
नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीका लागि ३० लाखको उपचार कोष स्थापना गरिएको हो ।
बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी कोष स्थापना गरिएको हो । कोषको आइतवार औपचारिक शुभारम्भ गरिएको छ ।
कोषको शुभारम्भसँगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम शुरू गरिएको छ । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले कोष सञ्चालनको लागि कार्यविधि बनाइएको बताए ।
उनले भने, ‘आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्यवरण गर्न नपरोस् भनेर कोष स्थापना गरिएको हो ।’ सबै नागरिकको बाँच्न पाउने अधिकार उत्तिकै रहेको भन्दै उनले थपे, ‘पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न कोष स्थापना गरेका हौं ।’
कोषबाट नगरभित्रका विपन्न नागरिक र सडकमा आएका नागरिकको समेत उपचार गरिने छ । वडाको सिफारिसका आधारमा बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । १ जनालाई उपचारका लागि १० हजार रुपैयाँसम्म उपलब्ध गराउने योजना रहेको छ ।
उपचार गर्नै नसक्नेका लागि थप रकमसमेत कोषबाट सहयोग गरिने छ ।
कोषको प्रभावकारिता हेरेर अर्को वर्ष रकम दोब्बर गरिने उनले कार्यक्रममा घोषणा गरेका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा ३ हजार २०० विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने कामको थालनी समेत गरिसकेको छ ।
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । तीन पालिकामा पाँच जनामा दादुरा सङ्क्रमण भेटिएको हो। अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्...
काठमाडौं– तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ । फिजिसियन डा.रोगर हेन्डरसनले तनावका ...
सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित व...
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरूलाई काममा...
रूपन्देहीको देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । स्वास्थ्य बीमा गरेका नगरबासीलाई नगर अस्पतालबाटै बीमाबापत पाइने निःशुल्क उपचार,ल्याब परीक्षण र औषधिहरू नगर ...
नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डपमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ३१४ जनाको आँखाको परीक्षण गरिएको छ । शिविरमा ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...