०७ असार २०८३, आइतबार

प्रचण्डलाई दीपशिखाको सुझाव – जनमतअनुसार ५ वर्ष प्रतिपक्षी भएर पार्टी निर्माणमा लागौं

मंसिर १९, २०७९
प्रचण्डलाई दीपशिखाको सुझाव – जनमतअनुसार ५ वर्ष प्रतिपक्षी भएर पार्टी निर्माणमा लागौं

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको बेला नेकपा माओवादी केन्द्रले पार्टी बैठकमा सरकार निर्माणबारे छलफल गरिरहेको छ तर पार्टीका नेताहरू भने माओवादी प्रतिपक्षमा बस्नुपर्ने सुझाव दिइरहेका छन् ।

माओवादीका प्रभावशाली युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सके सरकारको नेतृत्व लिने र नभए प्रतिपक्षमा बस्नुपर्ने सुझाव पार्टी नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन् ।

सोमवार बिहान उनले फेसबूकमा लेखेका छन्, ‘हामीले दुवैतिर सहकार्य गर्‍यौं । वाम–वाम पनि र वाम लोकतान्त्रिक पनि । परिणाम – हामीबाहेक अरुलाई फाइदा । हुने यही थियो, भयो । परिणामको जिम्मा हामी सबैले लिनुपर्छ । आमा छाडेर माइली सानिआमासँग कि कान्छी सानीआमासँग भन्ने बहस झन् बेतुकको हो । सकिन्छ – नेतृत्व लिनुपर्छ । होइन भने एक्लै लड्ने सामर्थ्य निर्माण गर्न ५ वर्ष काफी समय हो । जनमतअनुसार प्रतिपक्षी भएर पार्टी निर्माणमा लागौं !’

कमेन्ट गर्नुहोस्