०५ साउन २०८३, मंगलबार

चीनका राष्ट्रपति यसै साता साउदी अरब जाने, अमेरिकाको मुटुमा ढ्यांग्रो

मंसिर १९, २०७९
चीनका राष्ट्रपति यसै साता साउदी अरब जाने, अमेरिकाको मुटुमा ढ्यांग्रो

चीनका राष्ट्रपति सी चिनपिङले यसै साता साउदी अरबको भ्रमण गर्ने भएका छन् । 

सीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल–साउद र युवराज मोहम्मद बिन सलमानसँग भेटघाट गर्नेछन् । अनि उनले अरब तथा खाडीका नेताहरूसँग दुईवटा शिखर सम्मेलनमा पनि भाग लिनेछन् । 

दुवै पक्षले यस भ्रमणको विस्तृत विवरण दिएका छैनन् । तर चीन र साउदीबीच खुला व्यापारदेखि आणविक शक्तिसम्मका विषयमा सहकार्यका लागि सम्झौता हुन सक्ने बताइएको छ । 

गत जुलाई महिनामा अमेरिकाका राष्ट्रपति जो बाइडनले साउदी अरब भ्रमण गर्दा अमेरिका पश्चिम एसियाबाट कतै नजाने बताएका थिए । चीन, रुस वा इरानले अमेरिकाको अनुपस्थितिबाट उत्पन्न शून्यतालाई भर्न नसक्ने किनकि अमेरिका कतै नजाने उनको भनाइ थियो । 

तर बाइडन र बिन सलमानबीच चिसो सम्बन्ध रहिआएको छ । 

यस्तो अवस्थामा चीनले साउदीहरूलाई आफूतिर आकर्षण गरेमा वाशिङटन र बेइजिङबीचको रणनीतिक लडाइँमा बेइजिङ विजयी हुनेछ । 

साउदी अरब र संयुक्त अरब अमिरात सैन्य उपकरण तथा सुरक्षाका लागि अमेरिकामा भर पर्ने गरेका छन् । चीनले अमेरिकाको जस्तो हतियार अरबीहरूलाई दिन सक्दैन । 

तैपनि साउदी अरब र अन्य खाडी मुलुकहरू व्यापार, प्रविधि र ब्यालिस्टिक क्षेप्यास्त्र तथा सशस्त्र ड्रोनको मामिलामा बेइजिङसँग सहकार्य गर्न चाहन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्