कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चीनका राष्ट्रपति सी चिनपिङले यसै साता साउदी अरबको भ्रमण गर्ने भएका छन् ।
सीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल–साउद र युवराज मोहम्मद बिन सलमानसँग भेटघाट गर्नेछन् । अनि उनले अरब तथा खाडीका नेताहरूसँग दुईवटा शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।
दुवै पक्षले यस भ्रमणको विस्तृत विवरण दिएका छैनन् । तर चीन र साउदीबीच खुला व्यापारदेखि आणविक शक्तिसम्मका विषयमा सहकार्यका लागि सम्झौता हुन सक्ने बताइएको छ ।
गत जुलाई महिनामा अमेरिकाका राष्ट्रपति जो बाइडनले साउदी अरब भ्रमण गर्दा अमेरिका पश्चिम एसियाबाट कतै नजाने बताएका थिए । चीन, रुस वा इरानले अमेरिकाको अनुपस्थितिबाट उत्पन्न शून्यतालाई भर्न नसक्ने किनकि अमेरिका कतै नजाने उनको भनाइ थियो ।
तर बाइडन र बिन सलमानबीच चिसो सम्बन्ध रहिआएको छ ।
यस्तो अवस्थामा चीनले साउदीहरूलाई आफूतिर आकर्षण गरेमा वाशिङटन र बेइजिङबीचको रणनीतिक लडाइँमा बेइजिङ विजयी हुनेछ ।
साउदी अरब र संयुक्त अरब अमिरात सैन्य उपकरण तथा सुरक्षाका लागि अमेरिकामा भर पर्ने गरेका छन् । चीनले अमेरिकाको जस्तो हतियार अरबीहरूलाई दिन सक्दैन ।
तैपनि साउदी अरब र अन्य खाडी मुलुकहरू व्यापार, प्रविधि र ब्यालिस्टिक क्षेप्यास्त्र तथा सशस्त्र ड्रोनको मामिलामा बेइजिङसँग सहकार्य गर्न चाहन्छन् ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...