२३ असार २०८३, मंगलबार

फेरि ढले कपिल शर्मा, शूटिङ भयो रद्द

कात्तिक २०, २०७४
फेरि ढले कपिल शर्मा, शूटिङ भयो रद्द

काठमाडौं, २९ साउन — कपिल शर्मालाई आजकल सञ्चो छैन । त्यसैले उनी लगातार केही दिनयता शूटिङ रद्द गरिरहेका छन् ।


'जब ह्यारी मेट सेजल'को प्रवर्द्धन गर्न आएका शाहरुख खान र अनुष्का शर्मा अनि 'मुबारकाँ'का अर्जुन कपूर र अनिल कपूर पनि कपिलको शोमा आउँदा उनी बेहोश भएका कारण त्यत्तिकै फर्केका थिए ।

'ड्याडी' फिल्मको प्रमोसनका लागि आएका अर्जुन रामपाल र ऐश्वर्या राजेश पनि खाली हात फर्कनुपरेको खबर आएको छ । शूटिङ शुरु हुनै लाग्दा कपिलले आफू सञ्चो नभएको बताएपछि उनीहरू हिस्स परेर फर्केका थिए ।

यसैबीच कपिलले आफ्नो हामे प्रोडक्सनमा बनेको फिल्म फिरंगीको रिलिज डेट घोषणा गरेका छन् । नोभेम्बर १० मा यो फिल्म हलहरूमा लाग्नेछ ।

कपिलले नेटफ्लिक्समा एउटा स्ट्यान्डअप कमेडी सिरिज पनि गर्ने कुरा चलिरहेको छ ।

सोनी च्यानलसँग उनको सम्झौता पनि नवीकरण भएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्