
नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
महासेठले सोमवार दिउँसो खुमलटारस्थित निवासमै पुगेर प्रचण्डको निवासमै पुगेका थिए । पूर्व अध्यक्ष भएको नाताले बधाई साटासाटका लागि प्रचण्डलाई भेटेको महासेठले बताए ।
‘पूर्व अध्यक्ष भएको नाताले बधाई साटासाटका लागि भेटेको हुँ, अरू खासै कुराकानी भएन,’ महासेठले लोकान्तरसँग भने ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताबीच वामपन्थी गठबन्धन बनाउनेबारे अनौपचारिक ढंगको छलफल भइरहेको छ ।
शनिवार बसेको पदाधिकारी बैठकबाट गठबन्धन कायम राख्दै अन्य विकल्पमा खुला रहने निर्णय गरेको माओवादीले आइतवार निर्णय सच्याउँदै गठबन्धनको विकल्प नखोज्ने बताएको थियो ।