×

NMB BANK
NIC ASIA

सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

मंसिर १९, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो । 

Muktinath Bank

एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई ठूला सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएपछि आकस्मिकरुपमा बसेको बैठकले सो खण्डको सुरक्षाको विषयमा विभिन्न निर्णय गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकातर्फ एउटै रुट हुँदै चल्ने सवारी साधनलाई बिहानदेखि बेलुकासम्मको अवधिमा जाँच गर्न मुण्डे, कुमसोत, बोझा पोखरी, कोखे र देवीथानमा चेकपोष्ट स्थापना गरिएको छ’, उनले भने, ‘कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको सिमाना रकुवा, थामबेँसी र ढोडेनीमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि स्थलगत अनुगमन गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

पहाडी सडकमा चल्ने सवारी साधनलाई यातायात व्यवस्था कार्यालय, यातायात समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन तथा नियमित जाँच गर्ने निर्णय गरिएको छ । त्यसैगरी नगरपालिका तथा गाउँपालिकाभित्र रहेका सडकको स्थानीय पालिका र सडक डिभिजन कार्यालयले नियमति सडक मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय गरिएको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए । 

Vianet communication

ग्रामीण सडकमा चल्ने सवारी साधनको भाडा मनपर्दो रहेको गुनासो आएकाले जिल्ला यातायात व्यवस्था कार्यालयले उपसमिति बनाइ भाडा निर्धारण, बाटो इजाजतपत्रलगायतका विषयमा नियमन गर्ने भएको छ । ग्रामीण क्षेत्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि स्थलगत अनुगमन, चेकपोष्ट स्थापनाका साथै स्थानीय प्रतिनिधिसँग अन्तक्र्रिया गरी तयारी थालिएको प्रहरी उपरीक्षक तिवारीले बताए । 

कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटारमा गत कात्तिक १५ गते भएको सवारी दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटनाको एक महिनापछि धौवादीमा गत मंसिर १५ गते सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x