१७ असार २०८३, बुधबार

बाढीपीडितका लागि दीपक र दिपाले गरे छुट्टाछुट्टै सहयोगको घोषणा

कात्तिक २०, २०७४
बाढीपीडितका लागि दीपक र दिपाले गरे छुट्टाछुट्टै सहयोगको घोषणा

काठमाडौं, २९ साउन – तराईमा आएको बाढी र त्यसले निम्त्याएको समस्यामा सहयोग पुर्‍याउन हास्य कलाकार दीपकराज गिरी र दीपा श्री निरौलाले छुट्टाछुट्टै सहयोग गर्ने घोषणा गरेका छन् ।

गिरीले सामाजिक सञ्जाल फेसबूकमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् । आफ्नो फेसबूकमार्फत दीपकराज गिरीले लेखेका छन्, ‘यो पीडालाई आफ्नै पीडा सम्झौं, व्यक्तिगत रुपमा रु. एक लाख सहयोगको घोषणा गर्दछु ।’

त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले पनि आफूले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेकी छिन् । उनले फेसबुकमार्फत सबैलाई तराईमा आएको बाढीले आफू पीडामा रहेको पनि बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्