०१ साउन २०८३, शुक्रबार

पत्रकार एलनमाथि भएको आक्रमणको छानबिन गर्न माग

मंसिर १९, २०७९
पत्रकार एलनमाथि भएको आक्रमणको छानबिन गर्न माग

नेकपा (एकीकृत समाजवादी)ले प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस सङ्गठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज जारी गर्नुभएको विज्ञप्तिमा यही मङ्सिर १८ गते राति हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा भएको आक्रमणको निन्दा गरिएको छ । एकीकृत समाजवादी उक्त घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको छ । एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ । 

पत्रकार एलनको उद्धार गर्न पुगेका नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर र बागमती एक्सप्रेसका सम्पादक रमेश बञ्जारा आक्रमणकारीबाट घाइते  भएका छन्। यसैबीच नेपाल पत्रकार महासङ्घ र समाजवादी प्रेस सङ्गठनले उक्त घटनाको निन्दा गर्दै अपराधिक गतिविधिमा संलग्न सबै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्