भारतको गुजरातमा फेरि भारतीय जनता पार्टी (भाजपा) कै सरकार बन्ने अनुमान गरिएको छ ।
गुजरात विधानसभाका लागि मतदान सकिएपछि सार्वजनिक भएका विभिन्न सर्भेले भाजपाकै सरकार बन्ने देखाएको हो ।
दिल्ली र पञ्जाबमा सरकार बनाएको आम आदमी पार्टी (आप) ले यसपालि गुजरातमा पनि सरकार बनाउने गरी काम गरिरहेको थियो । भावी मुख्यमन्त्री घोषणादेखि प्रचारप्रसारलाई तीव्र बनाएर आपले सरकार बनाउने सपना देखेको थियो तर सर्भेले आपको सरकार नबन्ने देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीको स्थानीय चुनावमा भने आपले जित्ने सर्भेले देखाएका छन् । दिल्लीका स्थानीय निकायमा लामो समयदेखि भाजपाको सरकार छ ।