१२ असार २०८३, शुक्रबार

उत्तर कोरिया ध्वस्त बनाउन ट्रम्पलाई केही सेकेण्ड मात्र लाग्छ !

कात्तिक २०, २०७४
उत्तर कोरिया ध्वस्त बनाउन ट्रम्पलाई केही सेकेण्ड मात्र लाग्छ !

काठमाडौं, २९ साउन– गुआममा आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी पछि अमेरिका र उत्तर कोरियाबीच युद्ध हुने अनुमानहरु गरिएको छ ।

विश्वको सवैभन्दा शक्तिशाली देश अमेरिकासँग युद्धको चेतावनी दिएको उत्तरले आफ्नो अस्तित्व रक्षाको लागी मात्र अमेरिकामा आक्रमणको चेतावनी दिएको विश्लेषकहरुको भनाइ छ ।


उत्तरो यो धम्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरलाई सवक सिकाउने चेतावनी दिएको भोलिपल्ट आएको हो ।

उत्तर कोरियासँग रहेको सैन्य र मिसाइलको क्षमता बारे यसअघि हामीले जानकारी दिएका छौं ।

अब हामी अमेरिकासँग संग रहेको त्यस्तो शक्तिबारे जानकारी दिँदै छौ जसको प्रयोगले विश्व नै ध्वस्त हुन सक्छ ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुन् । अर्थात विश्वका सवैभन्दा शक्तिशाली व्यक्ति ।
उनका विरोधी भन्ने गर्छन् कि डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको रुपमा जो तागत छ त्यसको दुरुपयोग हुन सक्छ ।
अमेरिकाका राष्ट्रपति भएका कारण उनी अमेरिकी सेनाका समेत सुप्रीम कमाण्डर हुन् ।

यस हैसियतमा डोनाल्ड ट्रम्पको शपथ ग्रहणको दिन अर्थात बीस जनवरीमा प्लास्टिक को एक कार्ड दिइएको थियो । यो कुनै सामान्य कार्ड थिएन । यो अमेरिकाको एटम मिसाइलको लन्चकोड थियो ।

यो कार्ड भएका कारण डोनल्ड ट्रम्पले जहिले चाहे तब अमेरिका हजारौं एटम मिसाइल मध्ये केहीलाई लन्च गर्ने आदेश दिन सक्छन् ।

यी मिसाइल यति धेरै शक्तिशाली छन् कि एक पलमा मानवतालाई धरतीबाट हटाउन सक्छन् ।

विश्वमा अमेरिकामात्र होइन ९ देशसँग न्यूक्लिय बम तथा मिसाइल रहेको छ ।

अमेरिकाका राष्ट्रपति विश्वका सवैभन्दा शक्तिशाली राष्ट्रपति भनिनाको कारण उनीसँग हुने सवैभन्दा धेरै एटम हतियार हो जसको संख्या हजारौंमा रहेको छ ।

न्यूक्लियर मिसाइल

यो एटम हतियार बम तथा मिसाइलको रुपमा पानडुविदेखि लिएर पहाडको तलसम्म गोप्य रुपमा राखिएको छ ।
राष्ट्रपतिले इसारा गरेको एक मिनेट भित्र मिसाइल आफ्नो निशाना तर्फ अगाडि बढ्छ । ब्रुस ब्ला अमरीका का पूर्व मिसाइल लन्च अधिकारी हुन् ।


उनले सत्तरीको दशकमा अमेरिकाको जासूसी एटम मिसाइल स्थलमा कम गरिसकेका छन् । ब्रुस भन्छन् कि त्यस्ता मानिसलाई मिनटमेन भन्छि । यो यसकारण कि उनीहरु आदेश पाएको एक मिनेटमा न्यूक्लियर मिसाइल लन्च गर्न सक्छ ।

एटम हतियार

ब्रुस तथा उनका साथीको ड्युटीका हरेक समय कप्यूटर मनिटरको निगरानी गरिएको हुन्थ्यो जसमा
कुनै पनि समयमा मिसाइल लञ्च गर्ने आदेश आउन सक्थ्यो । अमेरिकाको राष्ट्रपतिलाई मात्र एटम बम हान्ने आदेश दिने अधिकार छ ।

अमेरिकी राष्ट्रपतिले कुनै पनि देशले अमेरिकामाथि हलमा गरेमा या हमलाको आशंका भएका एटम मिसाइल लन्च गर्ने आदेश दिन सक्छन् । जानकारहरुका अनुसार रुस या चीन यदी मिसाइल आक्रमण गर्छन् भने उक्त मिसाइल अमेरिका पुग्न आधा घण्टा मात्र लाग्छ ।

न्यूक्लियर फुटबल

वही यदी दुश्मनले पनडुब्बीबाट हमला गरे भने मात्र पन्ध्र मिनेटमा अमेरिकालाई निशाना बनाउन सक्छ । यस्तोमा अमेरिकी राष्ट्रपतिसँग एटम हमला फैसला गर्ने अत्यन्त्य कम समय मिल्नेछ । यसका लागि अमेरिकी राष्ट्रपतिको साथ सर्धै एक छालाको ब्रीफकेश हुन्छ, जसलाई न्यूक्लियर फुटबल भन्छन् ।

यसमा त्यो मेशिन हुन्छ जसको माध्यमबाट अमेरिकी राष्ट्रपति स्ट्रैटेजिक कमाण्डका प्रमुख तथा उपराष्ट्रपति समेत केही खास मानिससँग कुरा गर्न सक्नेछन् । ताकि एटम हमलाको फैसला गर्न सकुन् । ब्रुस ब्ला बताउछन
कि यस ब्रीफकेसमा कार्टून कोपाना हुन्छ जसमा एटम मिसाइलको तागत तथा त्यसको व्यहोरा उल्लेख गरिएको हुन्छ ।

असीको दशकमा राष्ट्रपति जिमी कार्टरले यो कार्ड या विस्कुट आफ्नो सूटका साथ ड्रई क्लीनिङमा दिएका थिए ।

राष्ट्रपति केही सेकेन्डबीचमा मिसाइलको असरको आकलन गरेर एटम हमलाको फैसला लिन सक्छन् । अमेरिकी राष्ट्रपतिको एटम मिसाइल हान्ने आदेश दिनका लागि मिसाइल लन्च अफिसरलाई आफ्नो पहिचान गर्नुपर्ने हुन्छ । यस काममा प्लास्टिक कार्ड काम लाग्छ जो सधै राष्ट्रपतिसँग हुन्छ ।

यसलाई सधै विस्कुट भनेर भनिन्छ । यो कार्ड त्यही हो जसले अमेरिकी राष्ट्रपतिलाई विश्वका सवैभन्दा शक्तिशाली व्यक्ति बनाउँछ ।

ब्रुस ब्ला भन्छन् कि असीको दशकमा राष्ट्रपति जिमी कार्टरले यो कार्ड या विस्कुट आफ्नो सुटका साथ ड्राई क्लीनिंगका लागि दिएका थिए । राष्ट्रपतिको आदेशपछि मिनटमैन, अर्थात जमीनमा तैनाथ एटम मिसाइलबाट हमला गर्नेवाला या फेरि पनडुब्बीमा तैनाथ मिसाइल को लन्च कोडबाट खोल्न सकिन्छ । तथा हमलाका लागि तयार गरिन्छ ।

ब्रुस ब्ला भन्छन् कि उनको पूरै कार्यकालमा एक पटक यस्तो भएको थियो । जब लागेको थियो कि न्यूक्लियर वार हुनलागेको छ ।

यो कुरा १९७३ को हो । अरब तथा इजराइलका बीच युद्ध भएको थियो । त्यसबीच ब्रुस र उनका साथ खटिएका टिमोथी लाई एलर्ट रहन आदेश दिइएको थियो यो डेफकान३ को सन्देश थियो ।

सोवियत संघबाट हमला?

यसको मतलब थियो कि संभावित एटम युद्धका लागि तयारी शुरु गरियो । कुनै पनि समय न्यूक्लियर मिसाइल लन्च गर्नका लागि दुई जनाको जरुरत हुन्छ । एक तर्फबाट यो लाग्नसक्छ कि मिसाइल लन्चको साचो हुन्छ । ब्रुस ति दिनहरुको सम्झना गर्दै भन्छन् कि उनीहरुलाई लागेको थियो कि सोभियत संघबाट हमला हुनेवाला छ ।

यसका कारण उनी मिसाइलका लन्च कोड तथा चावी लिएर कुसीैमा बसेका थिए । उनले तथा टिमोथीले मिसाइल लन्चको अन्तिम आदेशको प्रतिक्षामा थिए । राहत यो भयो कि त्यो अवस्था आएन । यसअघि साठीको दशकमा क्यूबा मिसाइल संकटको बीचमा अमेरिका तथा सोभियत संघ, एटम युद्धको निकै नजिक पुगेका थिए ।

हमलाको आदेश

प्रश्न यो उठ्छ कि यदी कोही अमेरिकी राष्ट्रपतिलाई सनक आयो र विना कुनै कारण एटम हमला गर्ने दिए भने के हुन्छ ?

ब्रुसस ब्ला भन्छन् कि यस्तो अवस्थामा ज्वाइन्ट चीफ अफ स्टाफ कमिटीका प्रमुखले यो आदेशलाई मान्न अस्विकार गर्र्न सक्छन् । तर यस्तो हुन्छ भन्ने अत्यन्त्य कम आशा गर्न सकिन्छ ।

किनकी राष्ट्रपति को मातहत काम गर्ने वाला यस्ता व्यक्तिलाई आदेश मान्ने तालिम दिइएको हुन्छ ।
यसकारण कोही राष्ट्रपति बहकिएर एटम हमलेको आदेश जारी गर्छ भने निश्चित यो छ कि यसलाई रोक्न निकै मुस्किल छ ।

रूसको सरकार

इगोर रूसमा बस्छन् । र उनी कुनै सयम त्यहाँको सरकारको लागि काम गर्थे । सन् १९९९ मा देशको महत्वपूर्ण जानकारी दुष्मनलाई दिएको आरोपमा जेलमा राखिएको थियो । करिब ११ वार्षको जेलमा बसेपछि
रुसले उनलाई रिहा ग(यो । त्यसपछि उनी लण्डन बसन थाले उनी अहिले लण्डनको एक थिंक ट्यांकका लागि काम गर्थे ।

अमेरिका जस्तै रुस पनि एटम बमको ठूलो शक्तिशाली देश हो । रुससँग पनि हजारौं न्यूक्यिर मिसाइल छ । यसलाई लन्च गर्ने अधिकार रुसी राष्ट्रपतिसँग हुन्छ । इगोर सर्चेगेन भन्छन् कि अमेरिकाको जस्तै रुसका राष्ट्रपतिसँग पनि एटम कोड वाला ब्रीफकेस हुन्छ । यो ब्रीफकेस सधै राष्ट्रपति को आसपास हुन्छ ।

रूस माथि हमला हुन लागेको खण्डमा यो ब्रिफकेशमा अलार्म बज्छ । फ्ल्यासलाइट बल्छ । त्यसपछि राष्ट्रपति तत्काल ब्रीफकेस नजिक पुग्छन र प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

रूसका प्रधानमन्त्री तथा रक्षा मन्त्री सँग पनि यस्तै ब्रीफकेस हुन्छ । तर एटम हमलाको आदेश रुसी राष्ट्रपतिले मात्र दिन सक्छन् ।

रूसका राष्ट्रपति आफ्नो ब्रीफकेशबाट प्रधानमन्त्री र रक्षामन्त्रीसँग कुराकानी गर्न सक्छन् । त्यसका लागि उनलाई कुनै टेलिफोनको आवश्यकता पर्दैन । इगोरका अनुसार रूसका राष्ट्रपति को एटमी हमला गर्नेवाला यो ब्रीफकेस एक पटक मात्र खोलिएको छ ।

पाँचदेखि दश मिनेटको समय

२५ जनवरी १९९५ मा रुसका राष्ट्रपतिको यो ब्रीफकेसको अलार्म बज्यो । बत्ति बल्न थाल्यो । यसको दोस्रो अलार्म जो रुसका राष्ट्रपतिको टेबलमा हुन्छ त्यो पनि बज्न थाल्यो ।

पत्ता लाग्यो कि बैरेन्ट्स सीको नजिक रूसको सीमा क्षेत्रमा मिसाइल देखिएको थियो । जहाँ तिब्र रुपमा रुस तर्फ आउँदै थियो ।

बोरिस येल्तसिनले एटम हमलाका लागि आफ्नो ब्रीफकेस खोले । उनले हमलाको आदेश दिनुअघि प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग छलफल गर्ने तयारी गरे जसका लागि उनीसँग पाँचदेखि दश मिनेटको समय थियो ।
रुसको पानडुब्बिीलाई एटम हमलाको तयारीको आदेश दिइयो ।


न्यूक्लियर ड्रिल

तर पछि पत्ता लाग्यो कि त्यो नर्वेको एक रकेट थियो जो वैज्ञानिक मिशनमा जाँदै थियो । रुसमा हमलाको आलर्म यही रकेटलाई रुसतर्फ अगाडि बढिरहेको मिसाइल सम्झेर बजेको थियो ।

रूसमा मिसाइल लन्चको तयारीको खोजिको लागि प्रायः ड्रिल गरिने गरिएको छ ।

इगोर भन्छन् कि कयौं पटक मिसाइल को निगरानी गर्नेवालालाई गलत लन्च कोड दिएर हमलाको तयारीका लागि भनिने गरिएको छ । यस्तो यसकारकाण गरिन्छ ताकि वास्तविक एटम हमलाको बीचमा उनीहरु न हिचकिचाउन् ।

अर्थात रूसको सिस्टम पनि यस्तो हो यदी त्यहाँका राष्ट्रपतिले एटम हमलाको आदेश दिए भने न्यूक्लियर युद्ध हुने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्