०६ असार २०८३, शनिबार

फेरि रोकियो ७० प्रतिशत अंक ल्याए ट्रायल पास हुने व्यवस्था

मंसिर २०, २०७९
फेरि रोकियो ७० प्रतिशत अंक ल्याए ट्रायल पास हुने व्यवस्था

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० प्रतिशत अंक ल्याए उत्तीर्ण हुने गरी बनाइएको नियम लागू गर्न फेरि व्यवधान देखिएको छ । बागमती प्रदेश सरकारले आइतबारबाट यो नियम लागू गर्ने भनिएपनि विवादका कारण फेरि रोकिन पुगेको हो । 

 प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले लागू गर्न लागेको यो नियम पर्याप्त  छलफल  र  तयारी  नपुगेको  उल्लेख  गर्दै रोकिएको जनाइएको छ । मन्त्रालय र प्रदेशका मुख्यमन्त्री तथा  मन्त्रिपरिषद्  कार्यालयबीचको  विवादका  कारण नयाँ अङ्कभार प्रणाली रोकिएको बताइएको छ । 

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्राचार गर्दै तत्काललाई नयाँ व्यवस्था कार्यान्वयन नगर्न भनेपछि आइतबार काठमाडौँको चाबहिलस्थित यातायात व्यवस्था कार्यालयबाट लाइसेन्सको ट्रायलमा नयाँ प्रणालीको उद्घाटन गर्ने कार्यक्रम रोकिन पुग्यो ।

मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लाइसेन्सको ट्रायलमा नयाँ प्रणालीमा जाने निर्णय हाललाई रोक्न पत्र प्राप्त भएकाले तत्काललाई उक्त  प्रणालीमा  जाने  मन्त्रालयको  निर्णय  कार्यान्वयन टरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्