०१ असार २०८३, सोमबार

सताक्षीधाम जाने सडक कालोपत्र भएसँगै पर्यटक बढे

मंसिर २०, २०७९
सताक्षीधाम जाने सडक कालोपत्र भएसँगै पर्यटक बढे
प्रतिकात्मक तस्वीर

झापाको शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । 

१ नम्बर प्रदेशको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बजेटमा पूर्वपश्चिम राजमार्गबाट झिलझिले बजार उत्तर ५ किलोमिटर सडक कालोपत्र जारी छ ।  

प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार रुपैयाँको बजेटमा शिवसताक्षीधामबाट झिलझिले बजार हुँदै दक्षिण होकलबारीसम्मको २६ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । तीमध्ये राजमार्गको उत्तरधाम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सडक कालोपत्र गरिसकेको सडक पूर्वाधार तथा सहरी विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले जानकारी दिए ।

उनले राजमार्ग दक्षिण होकलबारी जाने सडकमा समेत कालोपत्र गर्ने कार्य तीव्ररूपमा भइरहेको बताए । ‘ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सडकै कारण थप सहयोग पुग्ने देखियो,’ उनले भने, ‘धाममा आवतजावत गर्ने भक्त तथा पर्यटकलाई सजिलो होस् भनेर काममा हामीले विलम्ब गरेनौं ।’

salt training

कमेन्ट गर्नुहोस्