०५ असार २०८३, शुक्रबार

विहेभोज खाएका विरामीहरुको उपचार पछि डिस्चार्ज

मंसिर २०, २०७९
विहेभोज खाएका विरामीहरुको उपचार पछि डिस्चार्ज

प्युठानबाट पाल्पा जन्ति गई विहेभोज खाएर फर्केका प्युठान नगरपालिका ६ माझकोट गुरुङगाउँमा विरामी हुनेको संख्या ४५ पुगेको छ ।  २१ बर्षिय बेहुला मेघराज गुरुङका अनुसार बिबाह  भोज खानामा पलाउ, माछा मासुको व्यवस्था गरिएको  थियो । खानामा फुड पोइजन भएको हुनसक्ने आशंका उनीहरुले गरेका छन् । विरामी करिब सबैलाई उपचारपछि आज डिस्चार्ज गरिएको छ ।  

भोजमा सहभागिमध्ये प्युठानका ४५ जना र पाल्पाका ४० जना बिरामि परेका थिए । बिरामि सवैलाई ज्वरो आउने, बान्ता हुने, पखाला चल्ने लक्षण देखिएको प्युठान अस्पतालका मेडिकल असिस्टेन्ट डा. रतन सुबेदिले बताए। पाल्पाबाट जन्ति लिएर फर्किएका सवैमा सो लक्षण देखा परेपछि उपचारका लागि विरामी सबैलाई जिल्ला अस्पताल विजुवार ल्याइएको थियो । डाक्टर सुबेदीका अनुसार बिरामीहरुको स्वास्थ्य परीक्षण गर्दा फुड पोइजन भएको देखियो । 

एक जना बिरामीको स्वास्थ्यमा जटिलता देखिएकाले अस्पतालमै राखिएको उनले बताए । अरु सबैलाई आज बिहान ९ बजे नै डिस्चार्ज गरिएको उनको भनाइ छ ।  जन्ति गएका एकै गाउँका सबै जना बिरामी भएपछि स्थानीयहरुले नगरपालिकाका जनप्रतिनिधि लाई खबर गरेका थिए । प्युठान नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरिदिएपछि विरामीलाई राति नै अस्पताल भर्ना गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्