२० असार २०८३, शनिबार

आफ्नो एयरफील्डमा युक्रेनले आक्रमण गरेको भन्दै रुसले गर्‍यो क्षेप्यास्त्रको वर्षा

मंसिर २०, २०७९
आफ्नो एयरफील्डमा युक्रेनले आक्रमण गरेको भन्दै रुसले गर्‍यो क्षेप्यास्त्रको वर्षा

रुसले सोमवार युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा गरेको छ । आफ्नो भूमिमा रहेको एयरफील्डमा युक्रेनले आक्रमण गरेको भन्दै जवाफमा रुसले क्षेप्यास्त्र प्रहार गरेको हो । 

रुसी क्षेप्यास्त्रका कारण युक्रेनका कतिपय क्षेत्रमा पानी तथा बिजुलीको आपूर्ति बन्द भएको थियो । किर्भी रिह शहरमा कम्तीमा एकजनाको ज्यान पनि गएको छ भने जापोरिजामा कम्तीमा दुईजना मारिएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

एउटा क्षेप्यास्त्रको टुक्राटाक्री युक्रेनी सीमा पार गरेर मोल्दोभामा पनि पुगेको छ । 

युक्रेनी वायुसेनाले ६० भन्दा बढी रुसी क्षेप्यास्त्रहरू रोकिएको बताएको छ । तर अन्य क्षेप्यास्त्रहरू लक्ष्यमा पुगेर संरचना नष्ट गरेका छन् । किर्भी रिह र ओडेसा शहरमा पानी र बिजुली कटौती भएको छ । 

रुसको रक्षा मन्त्रालयका अनुसार, युक्रेनले सोमवार रुसका दुईवटा सैन्य एयरफील्डमा ड्रोन आक्रमण गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्