माघ १२, २०७९
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् । गतमहिना सार्वजनिक ‘जुम्ला’ बोलको गीतपश्चात म्युजिक भिडियोमा उनको व्य...
अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा प्रमुख वक्ताको रूपमा आउने भएका छन् ।
आयोजक हिमाल एशोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रूपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराएको छ । झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ । काठमाडौं महानगरपालिकाको सह–आयोजनमा किम्फको बीसौं संस्करण मंसिर २२ देखि २६ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने जनाएको छ ।
सन् २००० देखि शुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । यसपटकको संस्करणमा ३० मुलुकका ६० वटा भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन् ।
कोभिड महामारीको कारण किम्फका अठारौँ र उन्नाइसौँ संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन् । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ ।
किम्फ २०२२ को शुभारम्भ ‘हेर्ने कथा’ शृंखलाअन्तर्गतको फिल्म ‘बाघको बङ्गारा’ प्रिमियरसँगै हुनेछ । यस फिल्मले जाजरकोटका स्थानीयले गर्ने मह शिकारको कथा पेश गर्छ ।
फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।
महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रूपैयाँ पुरस्कारस्वरूप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार नगद पुरस्कार दिइनेछ ।
इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउनेछ ।
चलचित्रकर्मी, चलचित्रप्रेमी दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा फिल्म सम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछन् । किम्फ २०२२ को जुरीमा जर्मन लेखक/निर्देशक/निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक/निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन् ।
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त बनेकी छिन् । गतमहिना सार्वजनिक ‘जुम्ला’ बोलको गीतपश्चात म्युजिक भिडियोमा उनको व्य...
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा बिरामीले ह्विलचियर प्रयोग गर्न पैसा जम्मा गर्नुपर्ने नियमप्रति आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अस्प...
“बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडिय...
अभिनेत्री मलिका महतलाई प्रमुख भूमिकामा लिएर चलचित्र ‘सतीदेवी’को निर्माण हुने भएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण एवं निर्देशनमा निर्माण हुने चलचित्रको छायाँकन आगामी महिनादेखि सुरु हुनेछ ।&...
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ । बिहीवार मात्रै यस चलचित्रको निर्माण टिमले प्रदर्शन मितिका रुपमा वैशा...
गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पारेर बिहीवार बिहान सार्वजनिक गरिएको गीतमा शब्द एवं संगीत गायक अ...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...