११ असार २०८३, बिहीबार

नगरपालिकाको सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए इनरुवाका मेयर

मंसिर २०, २०७९
नगरपालिकाको सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए इनरुवाका मेयर

पटक–पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी बलपूर्वक खाली गराउन शुरु गरेको छ । ३५ दिने र अन्तिम पटक ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहित नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो । 

मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन् । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ । नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ । 

सडकपेटी खाली गराउन पुगेका नगरप्रमुख केदार भण्डारीले पटक पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताए । उनले सूचनाबाट नै मानिसहरूले टेर्ने विश्वास लिएपछि बारम्बार सूचना जारी गर्दासमेत अटेर गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्