०५ साउन २०८३, मंगलबार

प्रदेशले औचित्य प्रमाणित गर्न नसके पाँच वर्षपछि जनताले सडकबाटै चाहिँदैन भन्दिन्छन्ः गगन थापा

मंसिर २०, २०७९
प्रदेशले औचित्य प्रमाणित गर्न नसके पाँच वर्षपछि जनताले सडकबाटै चाहिँदैन भन्दिन्छन्ः गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभाले पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट चाहिँदैन भनेर फैसला गर्ने बताएका छन् ।

मंगलवार विराटनगरमा गुरु घिमिरेले लेखेको पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचनाको लागि यो पाँच वर्षे कार्यकाल महत्वपूर्ण हुने बताएका हुन् । 

‘मतदातालाई म अपमान गर्न त चाहँदिन, तर प्रदेश सभाले गुरु घिमिरेलाई मिस गरेको छ । अबको पाँच वर्षमा प्रदेशले कि आफैँलाई प्रमाणित गर्ने छ कि चाहिँदैन भनेर जनताले सडकबाट भन्दिन्छन्’, थापाले भने । 

महामन्त्री थापाले गुरु घिमिरे आफ्नो राजनीतिक आदर्श भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्