२६ जेठ २०८३, मंगलबार

वाद र विचारभन्दा माथि उठ्न जरुरी छ : महामन्त्री शर्मा

मंसिर २०, २०७९
वाद र विचारभन्दा माथि उठ्न जरुरी छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताएका छन् ।

झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उनले मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे । 

“लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आ–आफ्नो स्थानबाट योगदान गरिरहनुभएको छ”, उनले भने, “देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।”

त्यस्तै नवनिर्वाचित प्रदेशसभा (१) का सदस्य गोपाल तामाङले आफूले गरेका वाचा पूरा गर्ने उल्लेख गर्दै मतदातालाई कहिल्यै निराश नबनाउने उल्लेख बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्