१२ साउन २०८३, मंगलबार

समानुपातिकतर्फ एक करोड पाँच लाख मत गणना सकियो

मंसिर २०, २०७९
समानुपातिकतर्फ एक करोड पाँच लाख मत गणना सकियो

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ ।

आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार छ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार आठ सय ४९, जनता समाजवादी पार्टीले चार लाख २१ हजार तीन सय १३, जनमत पार्टीले तीन लाख ९४ हजार छ सय पाँच तथा नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार तीन सय ९१ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार सात सय २२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार तीन सय ६७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार एक सय ६८, हाम्रो नेपाली पार्टीले ५५ हजार सात सय ४३, मङ्गोल नेशनल अर्गनाइजेशनले ४९ हजार र राष्ट्रिय जनमोर्चाले ४६ हजार पाँच सय चार मत प्राप्त गरेको छ ।

आयोगका अनुसार आज रातभरमा समानुपातिकतर्फको मतगणना सकिने छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्