०५ असार २०८३, शुक्रबार

चितुवाको आक्रमणले डोटीमा ६ घाइते

मंसिर २१, २०७९
चितुवाको आक्रमणले डोटीमा ६ घाइते
फाइल तस्बिर

डोटीमा पछिल्लो समय चितुवा आतंक बढेको छ । मंगलबार चितुवाले एउटै गाउँका ६ जना माथि आक्रमण गरी घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका ६ जनामाथि चितुवाले आक्रमण गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार चितुवाले मगंलबार साँझ ५ बजेतिर सो गाउँका ६ जनामाथि आक्रम गरेको थियो । घरको आँगनमा बसेका घरका सदस्यमाथि चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट स्थानीय शारदादेवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला, सोही गाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना बटाला र किथ्थी गिरी घाइते भएको प्रहरीले जनाएको छ ।  

सिद्ध बटाला र लाली बटालाको अवस्था केही गम्भीर भए पनि बाँकी अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घरको आँगनमा बसेका मानिस माथि चितुवाले आक्रमण गरेको वडाअध्यक्ष खड्क साउदले बताए । उनका अनुसार छोरालाई बचाउन गएकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेको थियो ।  घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्