
कृषि विकास बैंकले नियुक्तिका लागि १९ जनाको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएकाहरुलाई पदपूर्ति समितिको मंगलबार बसेको बैठकले नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैंकले प्राविधिक सेवाका कर्जा अधिकृत पदमा १९ जनाको नाम सिफारिस गरेको सूचनामा उल्लेख छ ।