विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र चुनावपछिको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बुधवार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १ बजेका लागि बैठक राखिएको छ । महासचिवको संयोजकत्वमा रहेको केन्द्रीय कार्यालयमा ३ उपमहासचिव र पार्टीका ७ जना सचिव रहन्छन् ।
चुनावको अन्तिम नतिजा आइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन बैठक बस्न लागेको एक नेताले बताए । चुनावी नजिताको समीक्षा गर्दै बैठकले सचिवालय बैठकका एजेण्डा तय गर्ने ती नेताले बताए ।
चुनावमा कुनै पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा नयाँ सरकार गठनबारे एमालेको धारणालाई महत्त्वपूर्ण ठानिएको छ । समानुपातिकतर्फ लोकप्रिय मत पाएको एमाले प्रत्यक्षमा ४४ सिटसहित दोस्रो ठूलो दल बनेको छ ।