०५ साउन २०८३, मंगलबार

नयाँ सरकार गठनका लागि ठूला दलहरू मिलेर अघि बढौँः सांसद थापा

मंसिर २१, २०७९
नयाँ सरकार गठनका लागि ठूला दलहरू मिलेर अघि बढौँः सांसद थापा

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन् । 

राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने तर, संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाइ थियो । 

सांसद थापाले ठूला राजनीतिक दलहरूले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीहरूको विकल्पको खोजी गर्न पुगेको जिकीरसमेत गरे । उनले जनादेशविपरीतका गतिविधि नगर्न पनि दलहरूसचेत हुनुपर्ने आवश्यक्ता औँल्याए ।

‘जनादेश विपरीत जाने दलहरू समाप्त हुनेछन् । हामीले गल्ती गरेकाले जनताले दलहरूको विकल्प खोजेका हुन् । जनताले दिएको म्यान्डेट अनुसार अघि बढौँ । विशेषगरी मूलधारका राजनीतिक दलहरू एक ठाउँमा बसौँ । सरकारको बारेमा छलफल गरौँ, बहस गरौँ । प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौँ । र, अब यो मुलुकको संविधानमा कतै संशोधन गर्नुपर्ने हुन सक्छ । तर, संविधान, देशको मूल कानूनमाथि नै खेलबाड नगर्ने प्रतिबद्धता जाहेर गर्नु पर्दछ जस्तो मलाई लाग्दछ’, सांसद थापाले भने । 

कमेन्ट गर्नुहोस्