२३ असार २०८३, मंगलबार

जर्मन सरकारलाई कूमार्फत हटाउने षड्यन्त्र विफल

मंसिर २१, २०७९
जर्मन सरकारलाई कूमार्फत हटाउने षड्यन्त्र विफल

जर्मनीमा सरकारलाई कूमार्फत हटाउने योजना बनाएका उग्रदक्षिणपन्थी अतिवादीहरूलाई पक्राउ गरिएको छ । 

कथित राइख सिटिजन्स आन्दोलनका समर्थकविरुद्ध ११ वटा प्रान्तमा छापा मारेर पक्राउ गरिएको जर्मन अधिकारीहरू बताउँछन् । 

यस समूहका केही सदस्यहरू दोस्रो विश्वयुद्धपछि जर्मनीमा लागू गरिएको संविधानलाई अस्वीकार गर्छन् । उनीहरू सरकारलाई अपदस्थ गर्नुपर्ने माग राख्दै आएका छन् । 

अभियोजनकर्ताहरूले २२ जना जर्मन नागरिकलाई आतंकवादी संगठनको सदस्यता लिएको आशंकामा पक्राउ गरेका छन् । 

एक रुसी नागरिक सहित अन्य तीनजनाले समूहलाई समर्थन गरेको आशंका छ । 

देर स्पीगल पत्रिकाले काल्व शहरमा रहेको जर्मनीको विशेष सैन्य बल केएसकेको ब्यारेकमा पनि खानतलाशी गरिएको लेखेको छ ।

उक्त इकाइलाई पहिले पनि उग्रदक्षिणपन्थीहरूसँगको सम्बन्धका विषयमा छानबिन गरिएको थियो । 

जर्मनीबाहेक अस्ट्रियाको किजब्वेहल र इटलीको पेरुगियाबाट पनि दुईजनालाई पक्राउ गरिएको छ । 

यस समूहका नाइके हाइनरिख तेह्रौं र रडिगरमाथि जर्मन सरकार पल्टाउने उद्देश्य लिएको आतंकवादी संगठन बनाएको आरोप पोहोर साल लगाइएको थियो । 

उनीहरूले सैन्य कारवाहीमार्फत सरकार पल्टाउने उद्देश्य लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्