माघ १६, २०७९
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीया मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुशी छिन् । शारीरिक समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिन...
तनहुँ | मंसिर २१, २०७९
तनहुँको व्यास नगरपालिकाले दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना अघि सारेको छ । व्यास नगरपालिका १० वैरेनीको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि बढाइएको हो । सो आयोजनाका लागि नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी हुनेछ । कोषले रु नौ करोड १० लाख ५० हजार चार सय र अन्य रकम प्रदेश तथा नगरपालिकाले लगानी गर्ने छन् ।
आयोजनाको २०८० सालभित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहनेछ भने वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिने कोषले जनाएको छ ।
उक्त क्षेत्रको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख इन्जिनियर रवीन्द्र मूलले जानकारी दिए । २०७७ माघमा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुआत गरी विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको उनले बताए ।
नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र नगर विकास कोष (एनसेट) का कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी ऋण सम्झौता गरेका हुन् । दमौली बजार र भादगाउँ क्षेत्र बस्तीले साँघुरिँदै गएको अवस्थामा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगर विकास कोषसँग हातेमालो गर्दै नगरपालिका अघि बढेको नगरप्रमुख न्यौपानेले बताए । रासस
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीया मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुशी छिन् । शारीरिक समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिन...
मधेश प्रदेश प्रहरीले ७५० काजमा गएका कर्मचारीहरूलाई दरबन्दीमा फिर्ता बोलाएको छ । आफ्नो अनुकूल मिलाएर काज सरुवामा गएका १ हजार ३०० प्रहरी कर्मचारीहरूमध्ये अहिले ७५० प्रहरीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता ल्याएको प्र...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा रेस्टुराँलाई नगद जरिवाना गरेको छ । सोमवार बजार अनुगमनका क्रममा विभागले काठमाडौंको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्यांक्वेट एन्ड रेस्टुराँ र सिनामंगलमा रहेक...
जुम्लाको सिञ्जा गाउँपालिका–६ स्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृत प्र...
नेपाल उद्योग वाणिज्य महासंघले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो । ...
काठमाडौं महानगरपालिकाको १७ नम्बर वडाबाट नागरिक विद्युतीय सुशासन सेवाअन्तर्गत एकीकृत प्रणाली प्रारम्भ भएको छ । वडाध्यक्ष एवं महानगरका प्रवक्ता नविन मानन्धरले डिजिटल सिग्नेचरको टोकन प्रयोग गर्दै सेवा शुभारम्भ गरे...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...