०२ असार २०८३, मंगलबार

नगरपालिकाले अघि बढायो एकीकृत बस्ती निर्माण योजना : २६१ रोपनीमा बस्ती बनाइने

मंसिर २१, २०७९
नगरपालिकाले अघि बढायो एकीकृत बस्ती निर्माण योजना : २६१ रोपनीमा बस्ती बनाइने

तनहुँको व्यास नगरपालिकाले दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना अघि सारेको छ । व्यास नगरपालिका १० वैरेनीको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि बढाइएको हो । सो आयोजनाका लागि नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी हुनेछ । कोषले रु नौ करोड १० लाख ५० हजार चार सय र अन्य रकम प्रदेश तथा नगरपालिकाले लगानी गर्ने छन् ।  

आयोजनाको २०८० सालभित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहनेछ भने वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिने कोषले जनाएको छ ।

उक्त क्षेत्रको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख इन्जिनियर रवीन्द्र मूलले जानकारी दिए । २०७७ माघमा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुआत गरी विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको उनले बताए । 

नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र नगर विकास कोष (एनसेट) का कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी ऋण सम्झौता गरेका हुन् । दमौली बजार र भादगाउँ क्षेत्र बस्तीले साँघुरिँदै गएको अवस्थामा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगर विकास कोषसँग हातेमालो गर्दै नगरपालिका अघि बढेको नगरप्रमुख न्यौपानेले बताए । रासस 

salt training

कमेन्ट गर्नुहोस्