२५ जेठ २०८३, सोमबार

महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम घोषणा

मंसिर २१, २०७९
महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम घोषणा

काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ । बुधवार २८औँ महानगरदिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्ताहव्यापी कार्यक्रम बारे जानकारी गराएको हो । 

महानगरले दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवद्र्धन गर्न खाना मेला गर्ने तय गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता नविन मानन्धरले गुणस्तरीय र पहँुचयुक्त स्वास्थ्य र व्यवहारिक शिक्षा, मूर्त, अमूर्त सम्पदाको सन्तुलित विकासमा महानगर लागेको बताए । उनले महानगरपालिकाले फोहारमैला व्यवस्थापनका लागि सरोकारवाला निकायहरुसँग समन्वय, साझेदारी र सहकार्य भइरहेको पनि बताए । 

मानन्धरले शहरी विकासका लागि काम गर्ने छरिएर रहेका योजना, स्रोत र कार्यक्रमलाई एकीकृत पूर्वाधार विकासको थालनी गरिएको बताए । उनले महानगरमा राजस्व तिर्न, भवन नक्सा स्वीकृत गर्नेलगायतका कार्यका लागि महानगरले अनलाइन प्रणाली बनाउने बताए । उनले महानगरका धेरैजसो काम अनलाइन प्रणालीबाट भइरहेको पनि बताउँदै शहरी सुन्दरता बढाउन होर्डिङ बोर्ड हटाउने, सार्वजनिक यातायात प्रणाली र पार्किङमा सुधार गर्ने काम भइरहेको जानकारी दिए । 

प्रवक्ता मानन्धरका अनुसार महानगर दिवसको अवसरमा खुला क्षेत्रको सरसफाइ, महसुस यात्रा, चित्रकला, विशेष सरसफाई, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरू गरिने छ । महानगरले ७ जना जनप्रतिनिधि ५ जना कर्मचारीलाई सेवाभावमा प्रेरित गर्न ‘महानगर सेवा गौरव पदक’बाट सम्मान गर्ने भएको छ । 

त्यस्तै ५० हजार नगदसहित उत्कृष्ट महानगर सेवा पुरुस्कार, महानगर सेवा पुस्कार, जनकमान श्रेष्ठ सुशासन पुस्कार र ५ जना पत्रकारलाई सुशासन पत्रकारिता पुस्कारसहितको सम्मान कार्यक्रम रहने महानगरले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्