२८ असार २०८३, आइतबार

मन्त्रिपरिषदको निर्णय : ९ आयोजनाले वन प्रयोग गर्न पाउने, सार्वजनिक भएन आयात खुलाको निर्णय

मंसिर २१, २०७९
मन्त्रिपरिषदको निर्णय : ९ आयोजनाले वन प्रयोग गर्न पाउने, सार्वजनिक भएन आयात खुलाको निर्णय

मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न नौ वटा आयोजना बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको छ । बुधवार सार्वजनिक मन्त्रिपरिषदका २४ निर्णयमा ९ वटा आयोजना बनाउन वन प्रयोग गर्न दिनेछ । 

मन्त्रिपरिषदको मंगलबारको बैठकले पुस १ देखि आयात खुला गर्ने निर्णय गरेको बैठकमा सहभागी मन्त्रीले नै जानकारी दिएको भए पनि बुधवार सार्वजनिक भएको निर्णयमा भने उक्त विषय उल्लेख भएको छैन । सरकारले २९ मंसिरसम्मका लागि लगाएको आयात प्रतिबन्ध हटाएको भए पनि उक्त निर्णय सार्वजनिक गरेको छैन । सरकारले राजपत्रमा सूचना जारी गरेर लागू गर्नुपर्ने भएकाले उक्त विषय सार्वजनिक नगरिएको बुझिएको छ । 

मन्त्रिपरिषदको बैठकले कर्मचारी सञ्चय कोषमा प्रशासक नियुक्त गरेको छ । निमित्त प्रशासक जितेन्द्र धिताललाई प्रशासक नियुक्त गरेको हो । 

मन्त्रिपरिषदको बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने २ खर्ब ५४ करोड रुपैयाँ अनुदानमा स्वीकार गर्ने निर्णय गरेको छ । यसका साथै सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने २ अर्ब ५७ करोड रुपैयाँ पनि अनुदानका रूपमा स्वीकार गर्ने निर्णय गरेको छ । 

यस्ता छन्, मन्त्रिपरिदका २४ निर्णय


 

salt training

कमेन्ट गर्नुहोस्