माघ १९, २०७९
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फ...
डेढ दशक अगाडिसम्म नेपाली फिल्मलाई हलमा प्रदर्शनको ५१औँ दिन मनाउन गाह्रो हुँदैनथ्यो । केही फिल्महरूले प्रदर्शनको ‘गौरवमय १००औँ दिन’ समेत मनाउँथे । तर, पछिल्ला केही वर्षयता भने नेपाली फिल्मलाई हलमा एक साता टिक्न समेत मुस्किल देखिँदै आएको छ । यद्यपि, अझै पनि एकाध फिल्मले प्रदर्शनको ५१ दिन भने मनाइरहेका छन् ।
कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१औँ मनाउने देखिएको छ । यो फिल्म आज (बुधवार) प्रदर्शनको ४१ औँ दिनमा प्रदर्शनरत छ ।
रिलिज भएको दिनदेखि दर्शकको उत्साहजनक साथ पाएको फिल्मले चार सातामा नेपालमा १० करोड माथिको कमाई गरेपछि निर्माण टिमले केक काटेर खुशीयाली साटेको थियो ।
प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेललगायतको अभिनय छ ।
‘वर्ड अफ माउथ’ बलियो भएको र नयाँ आशावादी नेपाली फिल्म नभएका कारण ‘महापुरुष’ हलमा लामो समयसम्म टिकिरहन सफल भएको हो ।
राजधानीका थुप्रै हलमा अझै फिल्म राम्रै शोजका साथ प्रदर्शनरत छ । राजधानी बाहिरका हलहरूमा समेत फिल्म चलिरहेको छ । अमेरिका, अष्ट्रेलियामा समेत फिल्मले राम्रो व्यापार गरेको छ ।
प्रदीप भट्टराईका यसअघिका सबै फिल्मले हलमा ५१औँ दिन मनाएका थिए । ‘जात्रा’, ‘शत्रुगते’, ‘जात्रै जात्रा’पछि प्रदीपको ‘महापुरुष’ले पनि हलमा ५१औँ दिन मनाउने निश्चितजस्तै देखिएको हो ।
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फ...
‘द भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता बनेपछि गायक करण राईले पहिलो अफिसियल म्युजिक भिडियो ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल ‘करण राई’ मार्फत &l...
म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा महानायक राजेश हमालले कुनै पनि...
दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । यहीबेला निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र &lsq...
गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘पियारी’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीतमा समीक्षा र टेक बिसीले स्वर दिएका छन् । भिम बिसीको शब्द एवं संगीत रहेको यस गीतलाई विशा...
मिस नेपाल–२०२३ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना मिस नेपालको नयाँ संस्करणबारे जानकारी दिएको हो । सहभागी हुन इच्छुकले चैत १ गतेसम्म आवेदन दिन ...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...