२७ जेठ २०८३, बुधबार

आफैँले पराजित गरेका उपेन्द्रदेखि मूलधारको राजनीतिमा ल्याउने ओलीसम्मलाई भेटे सीकेले

मंसिर २१, २०७९
आफैँले पराजित गरेका उपेन्द्रदेखि मूलधारको राजनीतिमा ल्याउने ओलीसम्मलाई भेटे सीकेले

जनमत पार्टीका अध्यक्ष सीके राउतले  राजनीतिक भेटवार्तालाई जारी राखेका छन् । निर्वाचनमा विजयी भएलगत्तै काठमाडौं आएका सीकेले राजनीतिक भेटवार्तालाई जारी राखेका हुन् । 
सोही क्रममा बुधबार जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टाछुट्टै भेटवार्ताका गरेका छन् । यस्तै सीकेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको महासचिव चन्द सिंहले जानकारी दिए । 
उनका अनुसार सबै भेट छुट्टाछुट्टै भएको हो । भेटमा राजनीतिक कुराकानीका साथै बधाई साटासाट पनि भएको उनको भनाइ छ । मंसिर ४ को निर्वाचनमा सीके राउतले सप्तरी २ मा जसपाका अध्यक्ष  यादवलाई हराएका थिए । उनै यादवलाई सीकेले बुधबार भेट गरेका हुन् । सो क्रममा सीकेलाई यादवले एक पुस्तक समेत हस्तान्तरण गरेको बताइएको छ।  

यस्तै आफूलाई मुल धारको राजनीतिमा ल्याउने ओलीसँग पनि सीकेले भेटवार्ता गरेका हुन् । ओलीले प्रधानमन्त्री भएको बेला स्वतन्त्र मधेसको अभियान चलाइरहेका सीकेलाई मूलधारको राजनीतिमा ल्याउने काम गरेका थिए । 
सीके राउतले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित दर्जन बढी नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । राउतले हाल कायम सत्ता गठबन्धनसँग सहकार्य गरेर सरकारमा जाने आकांक्षा देखाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्