०५ साउन २०८३, मंगलबार

कस्तो रहला आज दिनभरको मौसम ?

मंसिर २२, २०७९
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार बिहीबार बिहान प्रदेश १ का साथै देशका पहाडी  भूभागका थोरै स्थानहरूमा आंशिक बदली रहेको छ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  

यसैगरी दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी प्रदेशका पहाडी  भूभागका एक दुई स्थानमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

महाशाखाका अनु्सार राति प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

salt training

कमेन्ट गर्नुहोस्